काठमाडौँ, असार २२ । कुनै समय सांगीतिक क्षेत्रमा लाग्दा जीवन चलाउन पनि मुस्किल हुन्छ भन्ने कुराहरु निकै आउथ्यो। तर पछिल्लो समय नेपाली गीत संगीत क्षेत्र फराकिलो बन्दै गएको छ। संगीतमा मिहिनेत मेहनत गर्नेहरुले यसै क्षेत्रबाट सहज रुपमा आफ्नो जीवन चलाइरहेका छन्। त्यसको उदारहण चर्चित गायक प्रकाश सपुत हुन्।

गायक प्रकाश सपूतले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। आर्थिक रुपमा हेर्ने हो भने उनले सांगीतिक क्षेत्रमा लगेर नै करी २ वर्ष अगाडी काठमाडौँमा घर किनेका थिए। र हालै उनले नयाँ कार किनेका छन् ।

प्रकाशले लक्ष्मी हुन्डाइको ‘क्रेटा’ कार ४९ लाखमा किनेका हुन्। प्रकाशले यस कुराको जानकारी सामाजिक संजालमार्फत उनि आफैले दिएका हुन्। उनले आफुले कुनै पनि कुरा देखावटी नचाहेको तर संगीत क्षेत्रमा लागेर पनि केहि गर्न सकिदैन भन्नेहरुको लागि प्रेरणा मिल्ने बताएका छन्।
प्रकाशले लेखेका छन्, ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई हौसला हुनसक्छ – “कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है।” जिवनको पहिलो गाडी’
काठमाडौँ आएको सुरु-सुरुमा प्रकाशले दोहोरी साँझमा काम गरेका थिए। त्यसपछि उनले आफैले सिर्जना गरेका गितहरु ‘दोहोरी ब्याटल, बोल माया, गलबन्दी, बदला बरिलै, ‘मेरो पनि होइन र यो देश ?’ निकै हिट भयो।

