फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ, यस्तो छ ग्यासको मुल्य!

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय २९ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १ सय १२ पुगेको छ ।

मूल्य वृद्धि पछि अन्तर्राष्ट्रिय वायु सेवा हवाई इन्धनमा प्रति किलो लिटर १९ डलर र आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

नयाँ मूल्यसूची हिजो अर्थात मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिण्डर १,४२५ रुपैयाँ पुगेको छ।

प्रकाशित : बुधबार, असार २३, २०७८०९:२९

निरन्तर महँगो हुँदै सुन, आज असार २ गते यताकै महँगो !