ज्योतिष अनुसार चन्द्रमालाई आमा र सूर्य ग्रहलाई बुबाको कारक मानिन्छ। कुण्डलीमा दशम भावबाट बुबाको बारेमा हेरिन्छ। कुनै पनि व्यक्तिको जीवनमा बुबाको महत्त्वपूर्ण भूमिका हुन्छ। ज्योतिष शास्त्रका अनुसार केही राशिका मानिसहरु राम्रो बुबा हुन्छन्। यिनीहरु आफ्ना सन्तानका लागि आदर्श बुबा हुन्छन्। आफ्ना सन्तानको सुखको लागि यी मानिस जे पनि गर्न तयार हुन्छन्। जान्नुहोस् यी राशिको बारेमा…..
वृष राशि

यस राशिका मानिस आफ्नो सन्तानको लागि आदर्श पिता बन्छन्। यी मानिसले आफ्ना सन्तानको अत्यन्त राम्रोसँग पर्वरिस गर्छन्। बच्चाप्रति उनीहरुको प्रेमले नै उनीहरुलाई आदर्श पिता बनाउँछ। यस राशिका मानिसले सन्तानप्रतिको जिम्मेवार राम्रोसँग बुझेका हुन्छन्। यी मानिस निकै धैर्यवान पनि हुन्छन्।
मिथुन राशि

मिथुन राशिका मानिसहरु आफ्ना बच्चाहरुका लागि सर्वश्रेष्ठ बुबा बन्ने प्रयास गर्छन्। उनीहरू आफ्ना बच्चाहरूको लालनपालनमा धेरै ध्यान दिन्छन्। यस राशिका मानिस आफ्ना सन्तानलाई हरेको प्रकारको ज्ञान दिने प्रयास गर्छन्। यस राशिका मानिसले आफ्ना बच्चाहरूको विश्वास आफ्नो व्यवहारबाट जित्छन्।
कर्कट राशि

कर्क राशिका मानिसहरु आफ्ना बच्चाहरूलाई धेरै माया गर्ने गर्छन्। साथै उनीहरू आफ्ना बच्चाहरूलाई नैतिक मूल्यमान्यताहरू पनि सिकाउँछन्। आफ्ना सन्तानप्रति उनीहरुको सम्बन्ध निकै संवेदनशील हुन्छ। यस राशिका मानिस आदर्श पिता बन्नको लागे सबै जिम्मेवारी पूरा गर्ने गर्छन्।
मकर राशि

मकर राशिका मानिसहरू आफ्ना बच्चाहरूको राम्रो पालनपोषणको लागि धेरै गम्भीर हुन्छन्। उनीहरु आफ्ना सन्तानलाई हरेक खुसी दिने प्रयास गर्छन्। यस राशिका मानिस निकै धैर्यवान पनि हुने गर्छन्। मकर राशिका मानिस आफ्ना सन्तानलाई कडा परिश्रम र ईमानदारी सिकाउने गर्छन्।

