पछिल्लो २४ घण्टामा थप २ हजार ९७९५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ५० हजार १६२ पुगेको छ भने एन्टिजेन विधिबाट ४० हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ।
थप ७ हजार ८३५ जनाको पिसिआर परीक्षण तथा ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ७७ तथा एन्टिजेनबाट ९०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३३ लाख ९१ हजार ३७९ जना पुगेको छ । हालसम्म ६ लाख १४ हजार ३२७ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ शमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २८ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार २९१ पुगेको छ।

