एजेन्सी – सेमिफाइनलका दुवै खेल सकिएसँगै कोपा अमेरिका २०२१ उत्तरार्धमा छ। एक हप्ता भन्दा कम समयमै प्रतियोगोताको च्याम्पियनको टुंगो लाग्नेछ। कोपा अमेरिका २०२१को उपाधिका लागि दक्षिण अमेरिका मात्र नभई विश्वकै फुटबल महारथी देश मानिने ब्राजिल र अर्जेन्टिना भिड्नेछन्। खेल आउने आइतबार बिहान बिहानको ५ बजेर ४५ मिनेटमा शुरु हुनेछ।
फाइनल सम्म आइपुग्दा दुवै टोली उपाधि दाबेदारको रुपमा खडा भएका छन्। फाइनल सम्म आइपुग्दा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी एक पटक पुनः उत्कृष्ट लयमा देखिएका छन्। उनकै महत्वपूर्ण भूमिकाका कारण अर्जेन्टिना कोपा अमेरिका उपाधि नजिक पुगेको छ।
मेस्सी जारी प्रतियोगिताका सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन्। मेस्सीले अहिले सम्म ४ गोल गरिसकेका छन्। त्यति मात्र नभई मेस्सीले ५ असिस्ट पनि दिसकेका छन्। प्रतियोगोताको सर्वाधिक गोलकर्ता भएका कारण मेस्सी कोपा अमेरिका गोल्डेन बुटका मूख्य दाबेदार रहेका छन्।
गोल्डेन बुट रेसमा मेस्सीलाई अर्जेन्टिनाका अन्य दुई खेलाडी र ब्राजिलका दुई खेलाडीले पछ्याइरहेका छन्। अर्जेन्टिनाका लाउतारो मार्टिनेज गोल्डेन बुट रेसमा मेस्सीका निकटतम प्रतिद्वन्दी हुन्। प्रतियोगितामा उनले ३ गोल गरेका छन्। त्यस्तै २ गोल सहित अर्जेन्टिनाकै पापु गोमेज पनि मेस्सीलाई पछ्याइरहेका छन्।
यस्तै ब्राजिलका लुकास प्याक्वेटा र नेयमारको पनि दुई गोल छ। सिधा-सिधा हेर्दा मेस्सीले गोल्डेन बुट जित्ने लगभग पक्का जस्तै छ। फाइनलमा मार्टिनेजले थप गोल नगरेको अवस्था र अन्य खेलाडीले पनि २ भन्दा बढी गोल नगरेको अवस्थामा गोल्डेन बुट मेस्सीको हुनेछ। मार्टिनेजले दुई गोल गरे र मेस्सीले गोल गर्न सकेनन् भने गोल्डेन बुट मेस्सीबाट फुत्किनेछ, जुन खासै सम्भव देखिँदैन।
| खेलाडी | टिम | गोल |
|---|---|---|
| लियोनेल मेस्सी | अर्जेन्टिना | ४ |
| लाउतारो मार्टिनेज | अर्जेन्टिना | ३ |
| पापु गोमेज | अर्जेन्टिना | २ |
| लुकास प्याक्वेटा | ब्राजिल | २ |
| नेयमार | ब्राजिल | २ |

