नेकपा माओवादी केन्द्र खारेजको चर्चा, निर्वाचन आयोगमा निवेदन !

काठमाडौं : नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै दल दर्ता खारेज गर्ने मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्रले वैधानिकता गुमाइसकेको हुँदा नेपालको संविधान एवं राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम माओवादी केन्द्र खारेज गर्न अनुरोध गर्दै निवेदन दर्ता गराएका छन्। निवेदन दिन अधिवक्ता बुढाथाकीसँगै माओवादी केन्द्रबाट एमाले गएका लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए।

माओवादी केन्द्रले २०६९ देखि महाधिवेशन गरेको छैन। २०६४ सालमा नेकपा(माओवादी)को नाम निर्वाचन आयोगमा दर्ता भएको थियो। २०६५ सालमा एकीकृत नेकपा माओवादी भनी नाम परिवर्तन गरिएको थियो। २०६९ माघ २० देखि २६ सम्म महाधिवेशन भएको थियो।

त्यो महाधिवेशनबाट १ सय १ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित भएका थिए। आयोगमा पेस गरेको २०६९ को विधानको धारा १४ मा ५ वर्षमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ। त्यसपछि महाधिवेशन भएको छैन।

प्रकाशित : बिहिबार, असार २४, २०७८०७:४१

माओवादी केन्द्र खारेज गर्न न्जिर्वाचन आयोगमा दर्जनौं प्रमाण पेश, तनावमा प्रचण्ड !