काठमाडौँ – यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ। कम्पनीको आईपीओ बिक्री आजबाट खुला भएको हो। आजबाट कम्पनीको आईपीओ खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै मेरो शेयरको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।
सर्वसाधारणको भागमा कति ?
रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। त्यसमध्ये कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ। बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपिओका लागि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म माग गर्न सकिने कम्पनीले जनाएको छ।
यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको थियो। अहिलेको अवस्था सम्म आइपुग्दा कम्पनीले रू. ८ करोड २५ लाख ९ हजार खुद नाफा कमाएको छ। कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ अर्ब २४ करोड १६ लाख २३ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।

