काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। पछिल्लो केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाल बजारमा आज छापावाला सुनको मूल्य १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैंयाँ कायम भएको छ।
आज तेजाबी सुनको मूल्यमा पनि १ सय रुपैंयाँको वृद्धि भएको छ। यस वृद्धि सँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ९१ हजार ८ सय रुपैंयाँ कायम भएको छ।
सुन असार असार २ गते यताकै महँगो
बुधबार कायम भएको सुनको मूल्य असार २ गते यताकै महँगो रहेको छ। त्यसदिन छापावाला सुन ९३ हजार १ सय र तेजाबी सुन ९२ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस दिन यता सुन आजको जति महँगो भएको थिएन। यस अर्थमा आज सुन २२ दिनकै महँगो रहेको छ।
चाँदीको मूल्य
सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। आज चाँदी १३ सय १० रुपैंयाँमा कारोबार भइरहेको छ

