फेसबुकबाट चिनजान, एक लाख रुपैयाँ मासिक तलब पाइन्छ भन्दै कम्बोडिया पुर्‍याएर विक्री !

काठमाडौं, फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्‍याएर विक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्सन तथा व्यापारको काममा एक लाख रुपैयाँ मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ ।

उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौंबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्‍याएका थिए । त्यसपछि पैदल नै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्युरोले जनाएको छ ।

उनीहरूले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितको जाहेरीका आधारमा ब्युरोले फरार रहेका उनलाई पक्राउ गरेको हो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए । रासस

प्रकाशित : बिहिबार, असार २४, २०७८१६:५१

पछिल्लो २४ घण्टामा कोरोना निको हुने भन्दा संक्रमण हुनेको सङ्ख्या उच्च !