पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको सङ्ख्या २ हजार माथि, निको हुनेको सङ्ख्या १३ सय मात्र !

पछिल्लो २४ घण्टामा थप २ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ भने एन्टिजेन विधिबाट ४२ हजार २२९ जनामा संक्रमण पुष्टि भएको छ।

थप ६ हजार ६५७ जनाको पिसिआर परीक्षण तथा ४ हजार ६५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ४७९ तथा एन्टिजेनबाट ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३४ लाख ३ हजार ४१० जना पुगेको छ । हालसम्म ६ लाख १६ हजार ९२९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९४ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ९ हजार ३४० पुगेको छ।

प्रकाशित : शुक्रबार, असार २५, २०७८१६:३६

कस्तो रहला आगामी तीन दिनको मौसम ? यसो भन्छन् मौसमविद् !