ग्रहहरुका राजा भनेर चिनिने सूर्य ग्रह यहि जुलाई १६ को दिन कर्कट राशिमा प्रवेश गर्नेछ। यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ। यो संक्रान्ति धार्मिक र ज्योतिषी दृष्टिकोणबाट धेरै विशेष मानिन्छ। सूर्य कर्कट राशिमा १७ अगस्टसम्म विराजमान रहनेछन्। सूर्यलाई सिंह राशिको स्वामी मानिन्छ। मेष राशिमा उच्च रहने सूर्य ग्रह तुला राशिमा नीच रहन्छ। सूर्य ग्रहको कर्कट राशिमा हुने गोचरको प्रभाव कुन राशिमा शुभ रहन्छ त ? जान्नुहोस्….
मेष राशि
मेष राशिका मानिसले यस गोचरबाट शानदार परिणाम प्राप्त गर्नेछन्। यस अवधिमा तपाईंको सुख-समृद्धिमा वृद्धि हुनेछ। पैतृक सम्पत्तिबाट लाभ प्राप्त हुने सम्भावना रहेको छ। तपाईंको मान-सम्मान बढ्नेछ। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो समय अत्यन्त शुभ रहनेछ। सरकारी क्षेत्रमा आवद्द मानिसले सफलता प्राप्त गर्नेछन्।
कन्या राशि
तपाईंको भाग्य वृद्धि हुने योग रहेको छ। यस अवधिमा लाभका मार्ग बढ्नेछन्। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ साथै नयाँ जिम्मेवारी थपिनेछ। विदेश यात्राको पनि योग रहेको छ। धर्म-कर्ममा मन लाग्नेछ। विद्यार्थी वर्गको लागि यो समय अनुकूल रहनेछ। यदि तपाईं विदेशमा अध्ययन गर्न कोशिस गर्दै हुनुहुन्छ भने, यो समय आवेदनको लागि उपयुक्त हुनेछ।
तुला राशि
सूर्यको गोचरले तपाईंलाई थप प्रभावशाली बनाउनेछ। सामाजिक क्षेत्रमा तपाईंको पद-प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा पदोन्नतीको अवसर मिल्ने सम्भावना उच्च रहेको छ। व्यापारीहरूले लाभ उठाउन सक्छन्। सरकारी सेवाका लागि आवेदन दिनको लागि पनि यो समय शुभ रहनेछ। तपाईंको जिम्मेवारीमा वृद्धि हुनेछ।
वृश्चिक राशि
कर्कट राशिमा सूर्यको गोचरको प्रभाव यस राशिमा शुभ रहनेछ। हरेक क्षेत्रमा तपाईं सफल हुन सक्नुहुनेछ। व्यापार व्यवसाय क्षेत्रमा प्रशस्त लाभ प्राप्त हुनेछ। विवाहसम्बन्धी वार्तालापमा केही ढिलाइ हुनसक्छ। दाम्पत्य जीवनमा मनमुटाव पैदा हुन नदिनुहोस्। सरकारी क्षेत्रका मानिसले सफलता प्राप्त गर्नेछन्।