मेस्सीले कोपा अमेरिका जिते गोट(ग्रेटेस्ट अफ अल टाइम)को बहसमा पूर्णविराम !

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोनामा लगातार १६ वर्ष सम्म रहे। त्यस अन्तरालमा उनले क्लब फुटबलमा जित्न सकिने सम्पूर्ण उपाधि जिते। बार्सिलोनाबाट ३४ उपाधि मेस्सीले जिते।

त्यस्तै अर्जेन्टिनाबाट खेल्दै मेस्सीले ओलम्पिक स्वर्णपदक जित्नु बाहेक खासै महत्वपूर्ण उपाधि जित्न सकेनन्। मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीबाट फुटबल खेल्न थालेको १५ वर्ष भन्दा बढी समय भैसकेको छ। यस अन्तरालमा उनले अर्जेन्टिनालाई खासै ठूलो उपाधि दिलाउन सकेका छैनन्। मेस्सीको फुटबल करियरमा केहिको कमी छ भने अर्जेन्टिनाबाट महत्वपूर्ण उपाधि।

अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउन असफल रहेका मेस्सीलाई यस पटक भने उक्त असफलता दूर गर्ने मौका छ। मेस्सीलाई महत्वपूर्ण भूमिकाका कारण अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल सम्म पुगेको छ। कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलको सामना गर्दैछ।

ब्राजिललाई हराउन सकेको खण्डमा ठूलो अन्तराष्ट्रिय उपाधिको खडेरी तोडिने छ। हुन त मेस्सीले अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउने मौका पाएको यो पहिलो पटक होइन। यस अगाडी मेस्सीकै कप्तानीमा अर्जेन्टिना २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा पुगेको थियो ।

जारी प्रतियोगोतामा मेस्सी उच्च लयमा देखिएका छन्। कुल ९ गोलमा मेस्सीको भूमिका रह्यो। मेस्सीले कोपा अमेरिकाको यस संस्करणमा ४ गोल र ५ असिस्ट गरिसकेका छन्।

गोट(ग्रेटेस्ट अफ अल टाइम) बहसको अन्त्य

विगत १ दशक भन्दा बढी समय देखि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेस्सी बीच एक प्रकारको प्रतिष्पर्धा छ। गएको दशकमा दुवै खेलाडीले जुन प्रकारको खेल प्रदर्शन गरेका छन्, त्यो फुटबलको इतिहासमा दर्ज आउने कयौं वर्ष सम्म रहिरहनेछ। क्लब फुटबलका विभिन्न प्रतियोगोता देखि निजी उपाधि सम्ममा यी दुई खेलाडी बीच प्रतिष्पर्धा रह्यो।

रोनाल्डोसंग तुलना गर्दा मेस्सी केहि कुराले पछि छन् भाने त्यो अन्तराष्ट्रिय स्तरको ठूलो उपाधि नै हो। रोनाल्डोको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरो कप जितेको थियो। तर, मेस्सीले अर्जेन्टिनालाई त्यस बराबरको उपाधि दिलाउन सकेका छैनन्। यस वर्ष कोपा अमेरिका दिलाउन सकेको खण्डमा मेस्सी उक्त गोट(ग्रेटेस्ट अफ अल टाइम)को बहस पनि अन्त्य हुनेछ।

प्रकाशित : शुक्रबार, असार २५, २०७८२०:४३

ब्राजिल भर्सेस अर्जेन्टिना: कोपा अमेरिकाका पाँच खेलमा अर्जेन्टिनाले ब्राजिललाई कति पटक हरायो ?