नेयमार भर्सेस मेस्सी: जारी प्रतियोगितामा को उत्कृष्ट ?

एजेन्सी – कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिना आमने सामने हुँदैछन्। दक्षिण अमेरिकाको च्याम्पियन बन्न दुई देश बीच हुने खेलमा पूरा विश्वको नजर हुनेछ। खेल नेपाली समय अनुसार आइतबार बिहान ५ बजेर ४५ मिनेटमा ब्राजिलमा शुरु हुनेछ।

ब्राजिल र अर्जेन्टिना आमने सामने हुँदा बार्सिलोनाका पूर्व सहकर्मी रहेका लियोनेल मेस्सी र नेयमार पनि आमने सामने हुनेछन्। दक्षिण अमेरिका मात्र नभई पूरा विश्वको चर्चित खेलाडी रहेका मेस्सी र नेयमार बीचको खेल आइतबार रोमान्चक हुनेछ।

जारी प्रतियोगितामा दुवै टोली उच्च लयमा देखिएका छन्। दुवै टोली प्रतियोगितामा पराजित भएका छैनन्। कोपा अमेरिकाको जारी संस्करणक ६ खेल मध्ये पाँच खेलमा दुवैले जित निकालेका छन्।

प्रतियोगितामा ब्राजिलले १२ गोल गरिसकेको छ भने अर्जेन्टिनाले ११ गोल गरेको छ। मेस्सी र नेयमार दुवैले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेका छन्। यधपी मेस्सी भने नेयमार भन्दा राम्रो लयमा देखिन्छन्।

मेस्सीले ६ खेलमा ४ गोल गर्दै ५ असिस्ट दिएका छन्। त्यसमध्ये दुई गोल मेस्सीले फ्रिकिकमा गरेका हुन्। त्यस्तै नेयमारले ५ खेल खेल्दै २ गोल गरेका छन् भने ३ असिस्ट दिएका छन्।

प्रतियोगितामा नेयमार भर्सेस मेस्सी

Player Games Goals Assists Free-kick goals Conversion rate Passing accuracy Dribbles per match
Lionel Messi 6 4 5 2 23.53% 80.78% 5.5
Neymar 5 2 3 0 11.76% 80.18% 5.2

 

प्रकाशित : शनिबार, असार २६, २०७८१७:४५

अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका च्याम्पियन !