एजेन्सी – क्लब फुटबलमा सम्भव भएको सबै उपाधि जित्न सफल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको उपाधि खडेरी तोडिएको छ। अर्जेन्टिनाबाट खेल्दै महत्वपूर्ण उपाधि जित्न नसकेका मेस्सीको उपाधि खडेरी आइतबारबाट तोडिएको हो।
आइतबार ब्राजिललाई १-० ले पराजित गर्दै आर्जेंतिना कोपा अमेरिका च्याम्पियन बन्यो। अर्जेन्टिनाको जितमा एन्जिल डि मारियाले निर्णायक गोल गरे।
आइतबारको जितसँगै अर्जेन्टिनाको पनि उपाधि खडेरी तोडिएको छ। अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका च्याम्पियन बनेको हो। मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पहिलो पटक महत्वपूर्ण उपाधि जित्दा अर्जेन्टिना १५ औं पटक कोपा अमेरिका च्याम्पियन बन्यो।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोनामा लगातार १६ वर्ष सम्म रहे। त्यस अन्तरालमा उनले क्लब फुटबलमा जित्न सकिने सम्पूर्ण उपाधि जिते। बार्सिलोनाबाट ३४ उपाधि मेस्सीले जिते। तर अर्जेन्टिनाबाट खेल्दै मेस्सीले ओलम्पिक स्वर्णपदक जित्नु बाहेक खासै महत्वपूर्ण उपाधि जित्न सकेका थिएनन्।
अर्जेन्टिनालाई ठूलो उपाधि दिलाउन असफल रहेका मेस्सीले यस पटक भने पाएको मौकालाई खेर जाने दिएनन्। मेस्सीको महत्वपूर्ण भूमिकाका कारण अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल सम्म पुगेकोमा आइतबार बिहान कोपा अमेरिका च्याम्पियन बन्न सफल भयो।
View this post on Instagram
डि मारियाको गोल
धेरै प्रतिस्पर्धात्मक बनेको खेलमा डि मारिया निर्णायक ठहरिए। डि मारियाले खेलको २२ औं मिनेटमा गोल गरे। रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले क्लिअरेन्स गर्न नसकेको बललिई गोलमा परिणत गराए।

