मेस्सी बने कोपा अमेरिकाको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता !

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो खेल करियरकै पहिलो औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका छन्। कोपा अमेरिका २०२१को फाइनलमा ब्राजिललाई अर्जेन्टिनाले १-० गोल अन्तरले हराएसँगै मेस्सीले खेल जीवनमै पहिलो पटक औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन्।

आइतबारको जितसँगै अर्जेन्टिनाको पनि उपाधि खडेरी तोडिएको छ। अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका च्याम्पियन बनेको हो। मेस्सीको कप्तानीमा अर्जेन्टिनाले पहिलो पटक महत्वपूर्ण उपाधि जित्दा अर्जेन्टिना १५ औं पटक कोपा अमेरिका च्याम्पियन बन्यो।

त्यस्तै मेस्सी प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता समेत बन्न सफल भएका छन्। फाइनलमा गोल गर्न नसकेपनि सेमिफाइनल सम्मका खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषणा गरिएको हो।

प्रतियोगितामा मेस्सीले ४ गोल गर्दै ५ असिस्ट दिए। प्रतियोगितामा अर्जेन्टिनाको तर्फबाट १२ गोल भए। त्यस मध्ये अधिकांशमा मेस्सीको भूमिका रह्यो। प्रतियोगितामा सातै खेल खेलेका मेस्सीको ९ गोलमा भूमिका रह्यो।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोनामा लगातार १६ वर्ष सम्म रहे। त्यस अन्तरालमा उनले क्लब फुटबलमा जित्न सकिने सम्पूर्ण उपाधि जिते। बार्सिलोनाबाट ३४ उपाधि मेस्सीले जिते। तर अर्जेन्टिनाबाट खेल्दै मेस्सीले ओलम्पिक स्वर्णपदक जित्नु बाहेक खासै महत्वपूर्ण उपाधि जित्न सकेका थिएनन्।

प्रकाशित : आइतबार, असार २७, २०७८०९:०८

सकियो गोट (ग्रेटेस्ट अफ अल टाइम) विवाद ? अन्तराष्ट्रिय उपाधि छैन भन्नेको मुख पनि बन्द !