युरोकप २०२० को फाइनल आज राति हुँदै, कसले जित्ला त उपाधि ? तपाईंको समर्थन कसलाई ?

एजेन्सी – १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् ।

खेल वेम्बली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुने छ । घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो १२ खेलमा अपराजित रहेर युरो इतिहासमा पहिलोपटक फाइनलमा पुग्न सफल भएको इंग्ल्यान्ड ५५ वर्षपछि ठुला प्रतियोगिता जित्ने लक्ष्यमा हुनेछ ।

यता, पछिल्लो ३३ खेलमा अपराजित रहेको इटाली पनि इंग्ल्यान्डलाई उसकै मैदानमा स्तब्ध पार्दै ५३ वर्षपछि युरोको च्याम्पियन बन्न लक्ष्यमा हुनेछ । इटाली सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनल पनि दुई लेगमा भएको थियो । त्यसयता इटाली यो सहित तेस्रोपटक फाइनल खेल्दैछ ।

इटालीले पछिल्लोपटक सन् २०१२ मा फाइनल खेलेको थियो । जहाँ इटालीले स्पेनलाई ४–० ले नतिजा सुम्पिएको थियो । यसपटक उच्च लयमा रहेको इटाली उक्त कमजोरीलाई सुधारेर च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

यी दुई टोलीबीचको इतिहास हेर्दा इटाली केही बलियो देखिएको छ । हालसम्मको २७ खेलको नजितामा इटाली ११ खेलमा विजयी भएको छ । इंग्ल्यान्डले ८ खेल आफ्नो पक्षमा पार्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई खेलमा यि दुई टोलीले बराबरी खेलेका छन् । पछिल्लोपटक सन् २०१८ मार्च २७ मा १–१ गोलको बराबरी खेलेका थिए । त्यसयता यि दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् ।

प्रकाशित : आइतबार, असार २७, २०७८१३:२५

कोपा अमेरिका फाइनल अघि यस्तो भनेका रहेछन् कप्तान मेस्सीले डी मारियालाई !