कोपा अमेरिका फाइनल अघि यस्तो भनेका रहेछन् कप्तान मेस्सीले डी मारियालाई !

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अन्तत: आफ्नो करियरमा अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन्। फाइनल खेलमा एन्गल डी मारियाले गरेको गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गर्दै १५ औं पटक कोपा अमेरिकाको उपाधि जित्न सफल भएको छ। लियोनल मेस्सीको अन्तराष्ट्रिय उपाधिको खडेरी तोड्न डी मारिया नायक बने।

फाइनल खेलअघि आफ्ना कप्तान मेस्सीले आफूलाई कोपा फाइनल नै आफ्नो चम्किने मौका हुनसक्ने बताएको डी मारियाले खुलासा गरेका छन्। चोटका कारण केहि समयपछि राष्ट्रिय टोलीमा फर्केका डी मारियाले चोटकै कारण २०१४ को विश्वकप फाइनल गुमाएका थिए भने २०१६ को फाइनल खेल पनि चोटका कारण पूरा खेल्न सकेका थिएनन्।

खेलपछि बोल्दै डी मारियाले भने,”यो अविस्मरणीय क्षण हो। मेस्सीले मलाई धन्यवाद भने मैले पनि उनलाई धन्यवाद भनें। उनले मलाई यो खेल मेरो जीवनको फाइनल हुने बताएका थिए। मैले गुमाएका सबै फाइनलको रि-म्याच भएको बताएका थिए।”

उनले आफू आफ्नो परिवार, श्रीमती र आफ्ना सन्तानको लागि पनि निकै खुसी रहेको बताए। यसका साथै उनले आफूलाई सधैं साथ दिने आफ्ना बुबा-आमा र सबै समर्थकलाई यो जीत समर्पण गरे। आजको जीत आउँदो वर्ष हुने फिफा विश्वकपको लागि ठूलो प्रोत्साहन हुने पनि डी मारियाले बताए।

प्रकाशित : आइतबार, असार २७, २०७८१५:२८

गोल्डेन बुटमा रोनाल्डोलाई केनको च्यालेन्ज, सक्लान् रोनाल्डोलाई पछि पार्न ?