काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।
यस दिन ५ हजार ५३५ जनाको पीसीआर परीक्षण र ३ हजार ६८३ जनाको एन्टीजिन परिक्षण गर्दा कुल १ हजार ८३१ जनामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पिसिआर मार्फत संक्रमण पुष्टि भएका कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ५५ हजार ४४९ पुगेको र एन्टीजिन परिक्षण मार्फत संक्रमण पुष्टि हुनेको कुल सङ्ख्या ४३ हजार ६३९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयले कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाएका २० जनाको विवरण थप गरेको छ । योसँगै देशभर अहिलेसम्म कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ९ हजार ३८२ पुगेको छ । यस दिन मुलुकभर १ हजार ५३३ जना सङ्क्रमणमुक्त भएका छन्। जससँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ६ लाख १९ हजार ८९४ पुगेको छ।

