जसपा खारेजको माग, पूर्व पार्टी ब्युताउने तयारी !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । आइतबार अधिवक्तासमेत रहेका तत्कालीन (राष्ट्रिय जनता पार्टी) राजपाका उपाध्यक्ष राजकुमार थापा र हृदयराज मिश्रले तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी (सपा) नेपाल मिलेर बनेको जसपा खारेजीको माग गर्दै अदालतमा रिट हालेका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

उनीहरूले रिट निवेदनमा निर्वाचन आयोग, जनता समाजवादी पार्टी नेपाललाई विपक्षी बनाई उत्प्रेषण, परमादेशलगायतको आदेश जारी गर्न माग गरेका छन् । रिट निवेदनमाथि असार ३० गते प्रारम्भिक सुनुवाइ हुने रिट निवेदक अधिवक्ता थापाले जानकारी दिए । राजपा नेपाल र समाजवादी पार्टीबीचको एकता नै संवैधानिक नभएको उनीहरूको दाबी छ ।

एकीकरण नै त्रुटीपूर्ण रहेको भन्दै रिट निवेदनमा खारेजीका लागि निर्वाचन आयोगमा दिएको निवेदनलाई अन्देखा गरी आयोगले एकीकृत भई बनेको नयाँ दल जसपा दर्ता गरेकाले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको उल्लेख छ । दल दर्ता नै संविधान र कानुन विपरीत रहेको दाबी गरिएको रिट निवेदनमा एकीकरण पूर्वका दुई दल राजपा र समाजवादी पार्टी नेपाल कायम गरिदिन माग गरिएको छ ।

प्रकाशित : सोमबार, असार २८, २०७८०९:१९

अपांगता भएकी छोरीलाई जोगाउन ‘तीनमहिने सुई’ !