काठमाडौँ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड आज हुने भएको छ। आइपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओ बाँडफाँड आज हुने भएको हो।
कम्पनीले असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि आइपीओ आवेदन खुला गरेको थियो। रू. ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागिएकोमा शून्य दशमलव ५ प्रतिशत दरको ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी तथा ५ प्रतिशत दरको १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको गरिएको थियो।
बाँकी बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणको भागमा परेको थियो। आईपीओ बाडफाड हुँदा १० कित्ताका दरले ३६ हजार ३ सय ४७ जनाले आईपीओ पाउनेछन् भने बाँकी २ जनाले ११ कित्ता शेयर पाउनेछन्।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आइपीओका लागि मागभन्दा करीब ७२ गुणा बढी आवेदन परेको छ।