एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले युरोपेली च्याम्पियनसिप २०२० को गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिताभर कुल ५ गोल गर्दै यो अवार्ड हात पारेका हुन् ।

रोनाल्डो युरोपेली च्याम्पियनसिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । उनले कुल १४ गोल गरेका छन् । त्यसपछि अन्य राष्ट्रका खेलाडीले गोलमा रोनाल्डोको उछिन्न सकेनन् । रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए ।

चेक गणतन्त्रका स्ट्राइकर प्याट्रिक सिकले पनि रोनाल्डोकै समान ५ गोल नै गरेपनि उनी असिस्टमा पछि परे । उनले प्रतियोगितामा एक पनि असिस्ट दिन सकेनन्। जसको कारण आफ्नो नाममा १ असिस्ट भएका रोनाल्डो गोल्डेन बुट जित्न सफल भए। युइएफएको नियम अनुसार दुई वा सो भन्दा धेरै खेलाडीले बराबर गोल गरेको खण्डमा उनीहरुको असिस्ट सङ्ख्या हेरिने गरिन्छ। यदि गोल र असिस्ट पनि बराबर छ भने तब कुन खेलाडीले सबैभन्दा कम खेलेको छ उसलाई नै गोल्डेन बुट प्रदान गरिन्छ।

सेमी-फाइनलमा स्पेन विरुद्धको खेलको पेनाल्टी सुटआउटका नायक बनेका र फाइनलमा दुई पेनाल्टी बचाउनुका साथै प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गरेका इटालीका गोलरक्षक जियानलुइजी डोन्नररुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
युरोकप २०२० मा सबैभन्दा बढी गोल गर्ने खेलाडी:
| Pos | Player | Team | Goals |
|---|---|---|---|
| =1 | Cristiano Ronaldo | Portugal | 5 |
| =2 | Patrik Schick | Czech Republic | 5 |
| =3 | Karim Benzema | France | 4 |
| =3 | Emil Forsberg | Sweden | 4 |
| =3 | Romelu Lukaku | Belgium | 4 |
| =3 | Harry Kane | England | 4 |
| =7 | Raheem Sterling | England | 3 |
| =7 | Georginio Wijnaldum | Netherlands | 3 |
| =7 | Robert Lewandowski | Poland | 3 |
| =7 | Kasper Dolberg | Denmark | 3 |
| =7 | Xherdan Shaqiri | Switzerland | 3 |
| =7 | Haris Seferovic | Switzerland | 3 |
| =7 | Alvaro Morata | Spain | 3 |

