राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संसद विगटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई गोरू ब्याएको संज्ञा दिएका छन् । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो।
सर्वोच्चको फैसला प्रति असस्न्तुष्टि जनाउँदै थापाले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले सर्वोच्च अदालतमा आज गोरु ब्याएको भनेका छन्। उनले आफ्नो ट्वीटमा भनेका छन्,”बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं- ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो’, राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।”
जेठ ७ गते मध्यरातमा राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक बोलाएर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका थिए ।