ज्योतिष गणनाको अनुसार यस हप्ता ४ राशिको लागि अत्यन्तै शुभ र भाग्यशाली हुनेछ। यस अवधिमा यी चार राशिका व्यक्तिहरूले धेरै क्षेत्रहरूमा शुभ परिणामहरू पाउनेछन्। यस हप्ता ग्रह र नक्षत्रको चाल यी ४ राशिका लागि अनुकूल छ। थाहा पाउनुहोस् यस हप्ता कुन-कुन ४ राशिका लागि अत्यन्त शुभ रहनेछ त …….
वृष राशि

तपाईंको लागि यो हप्ता शुभ रहनेछ। शनिबारको दिन कुनै वस्तु बिग्रने वा हराउने सम्भावना छ अन्यथा अरु दिन भने शुभ रहनेछन् । मनमा अलि–अलि शङ्का र भय भए पनि त्यसलाई निराकरण गर्न सक्ने क्षमता छ । मित्रहरूबाट राम्रै सहयोग मिल्ला । कुनै प्रभावशाली व्यक्तिको सहयोगमा केहि विशेष काम बन्नसक्छ। कार्य शिलशिलामा यात्राको सम्भावना रहेको छ। उक्त यात्रा लाभदायक रहनेछ।
सिंह राशि

साताको सुरुवात मनोरञ्जनले भरिएला ।
साताका धेरै दिन राम्राखालका छन् । आम्दानीका स्रोतमा वृद्धि हुनेछ । बौद्धिकखाले काममा प्रगति राम्रो होला । खासगरेर प्राविधिक क्षेत्रमा सफलता छ । घरपरिवारबाट पाएको सहयोगले तपाईंलाई राम्रो टेवा दिनेछ । कुनै साथी वा परिवारका सदस्यको सहयोगमा विशेष काम बन्न सक्ने सम्भावना रहेको छ।
तुला राशि

![]()
तुला राशिका मानिसको लागि यो समय शुभ रहने देखिन्छ। मनमा रहेको भयको वातावरण बिस्तारै घट्दै जाला । काम गर्नेतिर एउटा निश्चित निर्णयसमेत लिनुहुनेछ । कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। वैवाहिक काममा भने हाल केही बाधा भएको अनुभूति हुनेछ । देवीको आराधनाले त्यस्ता बाधालाई हल गर्न मद्दत मिल्ला । जागिरतिर मध्यम स्थितिमात्रै छ ।
वृश्चिक राशि

तपाईंको लागि यो समय शुभ नै रहनेछ। पहिलेजस्तो कठिन स्थिति छैन । आर्थिक स्थिति मजबूत हुनेछ। पढाइमा समेत प्रगति हुनेबखत छ । रमणीय यात्राको सम्भावना रहेको छ। यात्राको समयमा आफ्नो स्वास्थ्यको भने ख्याल राख्नुहोला। व्यापार व्यवसाय क्षेत्रमा बिस्तार हुनेछ। महिला वर्गको धेरै जसो समय धर्म-कर्ममा बित्नेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ।

