कोपा अमेरिकाको फाइनल खेलपछि पहिलो अन्तराष्ट्रिय उपाधि जितेका आफ्ना मित्र लियोनल मेस्सीलाई बधाई दिन गएका नेइमार र मेस्सीले एक अर्कालाई लामो समयसम्म अँगालो हाल्दाको समय फुटबल फ्यान्सका लागि निकै सुन्दर र भावनात्मक क्षण रह्यो। आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै मेस्सीले आफ्नो करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भए।

३४ वर्षीय स्ट्राइकरले आफ्नो करियरमा ४ फाइनल हारेपछि पाचौं पटक उपाधि जित्न सफल भए। खेलको अन्त्यसँगै अर्जेन्टिनाका सबै खेलाडी मेस्सीतर्फ गएर उपाधि जितेको खुसी मनाएका थिए। तर ६ पटकका ब्यालुन डी ओर विजेतालाई बधाई दिनेमा अर्जेन्टिनी टिममेट मात्र रहेनन्। उनका पूर्व क्लबमेट नेइमारले पनि मेस्सीलाई लामो समय अँगालो हाल्दै उपाधिका लागि बधाई दिए।
Nothing but respect between Messi and Neymar 🤝
They share a long hug after the Copa America Final pic.twitter.com/7dudMVsF5l
— FOX Soccer (@FOXSoccer) July 11, 2021
ब्राजिलियन स्टारको लागि त्यो निकै कठिन समय थियो। पीएसजी स्टारले केहि समयअघि मात्र फाइनल हारेका थिए। तर पनि उनले आफ्ना बेस्ट मेटलाई बधाई दिन पुगे। नेइमार आफैंले पनि अहिलेसम्म कोपा अमेरिका जितेका छैनन्। २०१९ मा ब्राजिल च्याम्पियन त बन्यो तर चोटका कारण २९ वर्षीय फरवार्डले प्रतियोगितामा सहभातिता जनाउन पाएका थिएनन्।

मेस्सी र नेइमार बीचको उक्त क्षण फुटबल समर्थकका लागि निकै भावनात्मक रह्यो। यसले यी दुई बीच रहेको असल मित्रतालाई पनि देखाउँछ। नेइमार र मेस्सी बीच मैदानमा प्रतिद्वन्दी भएता पनि मैदान बाहिर असल मित्रता रहेको प्रमाणित पनि भएको छ।

