आज फेरी बढ्यो सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौँ, असार २९  – हप्ताको पहिलो दिन स्थिर रहेको सुनको मूल्य सोमबार  घटेको थियो। तर आज (मंगलबार) भने सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको  छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ४  सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले नै बढेको छ। आज तेजाबी सुन ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको छ । जससँगै आज चाँदी १३ सय २०  रुपैयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : मङ्गलबार, असार २९, २०७८१२:०७

नर्भिक अस्पतालले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै!