काठमाडौँ – नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका शेर बहादुर देउवा नियुक्त भएका छन्। मंगलबार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको बताइएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको र सो सम्बन्धमा जानकारी गराउन छिट्टै विज्ञप्ति जारी गरिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपतिको कार्यालयले देउवाको सपथको तयारी गरिरहेको छ। सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कार्यालयको नाममा परमादेश जारी गरेको थियो। सर्वोच्चको आदेश अनुसार नै देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको हो।