यस समयमा देवताहरूको गुरु बृहस्पतिले उल्टो चाल चालिरहेको छ । देवताको गुरु बृहस्पति आगामी १४ सेप्टेम्बरसम्म उल्टो चालमा रहने छ । ज्योतिष शास्त्रमा बृहस्पतिलाइ शिक्षक, ज्ञान, बच्चाहरु, जेठो दाइ, धार्मिक काम, दाना, पुण्य, धन र बुद्धिको कारक मानिन्छ। बृहस्पति ग्रह धनु र मिन राशिको स्वामी हुन् । बृहस्पतिको उच्च राशि कर्कट र निच राशि मकर हो । बृहस्पति ग्रहको उल्टो चालको प्रभाव सबै ग्रहमा पर्ने भएको छ । जान्नुहोस् तपाइको राशिमा कस्तो असर पर्दछ।
मेष राशि
तपाईले यस समयमा सफलताका लागि कडा परिश्रम गर्नुपर्ने हुन्छ । धन हानिको योग बनेको छ । राम्रोसँग बुझेर मात्र पैसा खर्च गर्नुहोला । जीवनसाथीसँग झगडा हुन्छ।
वृष राशि
हतारमा कुनै काम नगर्नुहोला। वादविवादबाट टाढा रहनुहोला । पैसाको स्थिति सामान्य हुनेछ। अहिलेको समय व्यापारको लागी शुभ छ।
मिथुन राशि
यस समय शिक्षासँग आबद्ध व्यक्तिहरूको लागि कठिन हुनेछ । काममा धैर्यता कायम गर्नुहोला । जीवन साथीसँगको प्रेम बढ्नेछ। सफलताको लागि कडा परिश्रम गर्नुपर्दछ।
कर्कट राशि
यस समयमा स्वास्थ्यको बिशेष ख्याल गर्नुपर्ने हुन्छ । कुनै पनि का र्यगर्नु पुर्व सोचेर मात्र निर्णय लिनुहोला । धन लाभको सम्भावना छ ।
सिंह राशि
आर्थिक समस्याको कारण चिन्तित हुन सक्नु हुन्छ । तपाईको विश्वसनिय मित्रले तपाईको विश्वास तोड्न सक्छ । प्रेमीसँग रमाइलो समय बित्नेछ।
कन्या राशि
शत्रुलाइ पराजित गर्न सकिनेछ । मानिशिक शान्ति मिल्नेछ। जीवनसाथीसँग विवाद हुन सक्छ।
तुला राशि
यस समयमा कसैसँग पनि लेनदेन नगर्नु होला। अहिले कुनै पनि स्थानमा पैसा लगानी नगर्दा राम्रो हुनेछ । स्वास्थ्यको बिशेश ध्यान दिनु पर्ने हुन्छ। आर्थिक स्थितिमा बिभिन्न समस्या झेल्नु पर्ने हुन सक्छ।
बृस्चिक राशि
धन लाभ हुन सक्छ । वादविवादबाट टाढा रहनु होला । नया सवारी साधन जोड्ने तथा घर खरिद गर्ने योग बनेको छ । स्वास्थ्यको बिशेष ध्यान दिनुपर्ने हुन्छ ।
धनु राशि
परिवारका सदस्यहरूसँग कुनै पनि मुद्दामा बहस हुन सक्छ । तपाइको मान प्रतिष्ठा बढ्ने योग बनेको छ । आकस्मिक धनलाभ हुन सक्छ।
मकर राशि
खर्चमा वृद्धि हुनसक्छ । स्वास्थ्यको विशेष ख्याल गर्नु आवश्यक हुन्छ । तपाइले आर्थिक समस्याको सामना गर्नुपर्ने हुन्छ ।
कुम्भ राशि
कुनै अपरिचितलाई तुरून्त विश्वास नगर्नुहोला र बिशेष ध्यान दिनु होला । आम्दानिको स्रोत सामान्य हुनेछ।
मिन राशि
यो समय शिक्षासँग सम्बन्धित व्यक्तिहरूको लागि धेरै शुभ रहेको छ । शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। धन खर्चमा कम गर्नु राम्रो हुनेछ ।