शिल्पाको नयाँ बोल्ड अवतार, भाइरल भए तस्विर ! [तस्विर सहित]

एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले ४६ वर्ष पुगीसकिन्। तर पनि उनी सुन्दरतामा अहिलेका जवान नायिकाहरुलाई समेत पछि पार्छिन्। पछिल्लो समय चलचित्रहरुमा खासै सक्रिय नरहेपनि शिल्पा टेलिभिजन तथा सामाजिक संजालमा सक्रिय छिन्।

शिल्पा सामाजिक संजालमा धेरै नै सक्रिय रहने गरेकी छन्। सामाजिक संजालमा उनले नियमित तस्विरहरु अपलोड गर्ने गरेकी छन्। इन्स्टाग्रामको कुरा गर्ने हो भने शिल्पाका २१ मिलियन बढी फलोवर छन्। यदि धेरै फलोवर भएकी उनका हरेक तस्विर तथा भिडियोहरु भाइरल नै हुने गरेका छन्। शिल्पा नयाँ-नयाँ फेसन गर्न पनि रुचाउँछिन्।

यसै बीच शिल्पाले हालसालै इन्स्टाग्राममा अपलोड गरेका केहि तस्विरहरुले उनका प्रशंसकहरुलाई धेरै नै मन परिरहेको छ। तस्विरमा शिल्पा रेड टप र ब्राउन स्कर्टमा देखिएकी छन् । कपाल खुल्ला छाडेकी उनले हिल पनि लगाएकी छन्।

विभिन्न पोज दिंदै खिचिएका ती तस्विरहरु भाइरल नै भैरहेका छन्। कामको कुरा गर्नु पर्दा शिल्पा ‘हंगामा २’मा देखिँदैछिन्। उक्त चलचित्रमा शिल्पाका अलावा मीजान जाफरी र परेश रावल पनि देखिँदैछन्। त्यस लगतै उनी चलचित्र ‘निकम्मा’मा पनि देखिनेछिन्।

प्रकाशित : मङ्गलबार, असार २९, २०७८१३:५६

अभिनेत्री नोरालाई किम कार्दशियनसँग गरियो तुलना, हेर्नुस् होस उडाउने तस्बिर!