माओवादीबाट जनार्दन सहित तीन जनालाई मन्त्री बनाउने तयारी ! को-को ?

काठमाडौँ– नेकपा माओवादी केन्द्रले शुरुवात्री चरणमा तीन जनालाई सरकारमा पठाउने तयारी गरिरहेको थाहा हुन आएको छ। माओवादी उच्च श्रोतका अनुसार माओवादीले तीन जना नेताहरुलाई सरकारमा पठाउने तयारी गरेको हो।

माओवादीले देव गुरुङ, जनार्दन शर्मा र पम्फा भुसाललाई शुरुवाती चरणमा सरकारमा सहभागी गराउन लागेको बताइएको छ। यधपी उनीहरुकी कुन मन्त्रालय दिने भन्ने बारे पनि टुंगो लागिसकेको छैन।

माओवादी भित्र यी तीन जना नेतालाई सरकारमा पठाउने विषयमा छलफल भएको बुझिएको छ। तर पनि त्यससम्बन्धमा पूर्ण निर्णय भने भैसकेको छैन।

नेपाली कांग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने माओवादी नेताहरुको भनाई छ। बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एक सय ४६ सांसदले दायर गरेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपालको संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो ।

माओवादीले अदालतको फैसलालाई ऐतिहासिक र महत्वपूर्ण भनी स्वागत गरेको छ । फैसलाले संविधान र लोकतन्त्रको रक्षा, स्वेच्छाचारिता र निरंकुशतन्त्रको अन्त्य गर्न महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले संविधान र लोकतन्त्रको रक्षानिम्ति सङ्घर्ष गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित : मङ्गलबार, असार २९, २०७८१५:१६

भेटिए कोरोनाका २३९८ संक्रमित, २ हजार भन्दा बढी कोरोना मुक्त !