युरो २०२० पनि सकिएको छ। फाइनल खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली दोस्रो पटक युरोपियन च्याम्पियन बन्न सफल भएको छ। प्रतियोगिताभर नै निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको इटाली अपराजित नै रह्यो। यससँगै अन्तराष्ट्रिय स्तरमा इटालीको अपराजित यात्रा ३४ खेलको पुगेको छ। पछिल्लो पटक रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले २०१८ मा इटालीलाई हराएको थियो।

युरोकप सकिएसँगै युईएफएले युरो-२०२० को बेस्ट ११ सार्वजनिक गरेको छ। को-को परे त युरो २०२० को उत्कृष्ट ११ मा ?
गोलकिपर: जियानलुइजी डोनारुमा (इटाली)

राइट ब्याक: काइल वाल्कर (इंग्ल्यान्ड)

सेन्टर डिफेन्डर: लियोनार्दो बोनुची (इटाली)

सेन्टर डिफेन्डर: ह्यारी मग्वाएर (इंग्ल्यान्ड)

लेफ्ट ब्याक: लियोनार्दो स्पिनाजोला (इटाली)

सेन्ट्रल मिडफिल्डर: पिएरे एमाइल होबर्ग (डेनमार्क)

सेन्ट्रल मिडफिल्डर: जर्जिन्हो (इटाली)

सेन्ट्रल मिडफिल्डर: पेड्री (स्पेन)

राइट विंगर: फेडेरिको किएजा (इटाली)

सेन्टर फरवार्ड: रोमेलु लुकाकु (बेल्जियम)

राइट विंगर: रहिम स्टर्लिंग (इंग्ल्यान्ड)


