प्रधानमन्त्रीको पदमा हुँदा देश र जनताका लागि राम्रो काम मात्र गरेको छु: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री पदमा रहँदा सबै राम्रा मात्र काम गरेको दाबी गरेका छन्। मंगलबार देशवासीका नाम सम्बोधन गर्दै ओलीले आफ्नो तीन वर्षीय कार्यकालमा जनताको लागि काम गरेको र देशमा विकासका कार्य गरेको बताए।

माथिल्लो तामाकोशी र मेलम्ची आयोजना पूरा गरेको, देशलाई लोडसेडिङ मुक्त बनाएको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, कर्णालीमा बिजुली पुर्याएको, आफ्नो कार्यकालमा तुइन विस्थापित भएको जस्ता उदाहरण दिँदै ओलीले देश समृद्धिको बाटो हिडिरहेको र उक्त कामहरुलाई केहि अलोकतान्त्रिक कामले दखल पुर्याएको पनि बताए।

आफूले सधैं देश र देशवासीका लागि काम गरेकोले सरकारबाट बाहिरिनु परेकोमा चिन्ता नभएको ओलीको भनाइ थियो। “सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन,” ओलीले भने,”इमान्दारिताका साथ देशको समृद्धि, सुशासन, विकासका कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा हुने काम गरेको छु।” आफूले देशलाई विकासको नयाँ भिजन समेत दिएको ओलीले दाबी गरे।

प्रकाशित : मङ्गलबार, असार २९, २०७८१७:१३

ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु, एकजना घाइते!