काठमाडौँ – नेकपा अध्यक्ष केपी शर्मा ओली निकट मानिने एमाले नेता गोकुल बाँस्कोटाले माधव नेपाल र शेरबबहादुर देउवालाई बधाई दिएका छन्। मंगलबार साँझ एक ट्वीट गर्दै बाँस्कोटाले नेपाल र देउवालाई बधाई दिएका हुन्।
सोमबार सर्वोच्च अदालतले संसद विघटन गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको विषय प्रति लक्षित गर्दै बाँस्कोटाले निर्दलीय लोकतान्त्रिक व्यवस्था शुरु भएको टिप्पणी गरेका छन्।
बाँस्कोटाले निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाइदिनु भएकोमा माधव नेपाललाई र परमादेश धारा अनुसार प्रम बनेकोमा देउवालाई बधाई दिएका छन्।
“संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाइदिनु भएकोमा माधव नेपाललाई र परमादेश धारा अनुसार प्रम बन्न सफल हनुभएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई !”,ट्वीट गर्दै बाँस्कोटाले भनेका छन्।