तत्काल पानी रोकिने सम्भावना छ कि छैन ? हेर्नुहोस् आगामी तीन दिनको मौसम !

काठमाडौँ – मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा भैरहेको छ। अहिले देश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भैरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित ठूलो पानी पर्ने सक्ने महाशाखाको अनुमान छ।

त्यस्तै बुधबार दिउँसो पनि मौसममा सुधार हुने सम्भावना छैन। महाशाखाले जनाए अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्नेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।

आगामी तीन दिनको मौसम कस्तो रहला ?

२०७८ असार २९ गते ( मंगलबार)

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ असार ३० गते ( बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना पनि रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना रहेको छ

२०७८ असार ३१ गते ( विहिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : मङ्गलबार, असार २९, २०७८२१:५८

गगन थापाले भने – ‘हामीलाई चुक्ने सुविधा छैन’