देउवालाई शुभकामना दिँदै भट्टराईले भने – ‘राज्यदोहन गरेर आसेपासे पोस्ने प्रवृति कायमै छ’

काठमाडौँ – जनता समाजवादी पार्टी संघिय अध्यक्ष बाबुराम भट्टराईले ओली बिदा भएपनि ओलीप्रवृत्ति सबैतिर कायमै रहेको बताएका छन्। नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई ट्वीटर मार्फत शुभकामना गर्नेक्रममा भट्टराईले ओलीप्रवृत्ति सबैतिर कायमै रहेको स्मरण गराएका हुन्।

अर्धज्ञान र अहंकारको घातक मिश्रण संस्कृतिमा कायमै रहेको कुरालाई ध्यान दिनुपर्ने भट्टराईको भनाई छ। भट्टराईले ट्वीटर मार्फत भनेका छन्,”ओली विदा भए तर ओलीप्रवृत्ति सबैतिर कायमै छ है! अर्धज्ञान र अहंकारको घातक ककटेल हाम्रो संस्कृति!”

राज्यदोहन गरेर आसेपासे पोस्ने प्रवृति व्याप्त रहेको र बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र हुने विषयको उठान पनि भट्टराईले ट्वीट मार्फत गरेका छन्। यस्तो प्रवृति विरुद्ध लड्न देउवालाई भट्टराईको शुभकामना छ।

“राज्यदोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटालिज्म हाम्रो अर्थतन्त्रको मूलप्रवाह! बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र! नवगठित शेर बहादुर देउवा सरकारलाई यस विरूद्ध लड्न शुभकामना!”,भट्टराईको ट्वीट छ।

प्रकाशित : मङ्गलबार, असार २९, २०७८२२:३३

‘असल कामका लागि ओलीलाई धन्यवाद’