गोल्डेन बुट दौडमा रोनाल्डो भन्दा पछि परेका सिकले भने: “भाग्यले गोल्डेन बुट जितेका हौ”

एजेन्सी – युरो कप २०२० प्रतियोगितामा ५ गोल गरेका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जिते । पाँच पटकको युरो सहभागितामा ३६ वर्षीय रोनाल्डोले पहिलोपटक गोल्डेन बुट जित्न सफल भएका हुन् ।

गोल्डेन बुटकै दौडमा रहेको चेक रिपब्लिकका प्याट्रिक सिकले रोनाल्डो बढी भाग्यमानी रहेको बताएका छन् । गोल्डेन बुट रोनाल्डोलाई सुम्पिनु परेपछि २५ वर्षीय सिकले यसपटक उनी भाग्यमानी ठहरिएको जनाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, “यो पटक तिमी बढी भाग्यमानी बन्यौं, बधाई छ मेरो आइडल रोनाल्डो ।”

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल बेल्जियमसँग १–० गोलले पराजित हुदै प्रि–क्वाटरफाइनलबाट बाहिरिएपनि सर्वाधिक गोलकर्ता बन्दै उक्त अवार्ड जित्न सफल भएका थिए । रोनाल्डोले युरोमा समूह चरणका तीन र प्रि–क्वाटरको एक खेल गरी कुल चार खेलमा ५ गोल र १ असिस्ट दिएका थिए ।

चेक रिपब्लिकका खेलाडी प्याट्रिक सिकले रोनाल्डोलाई भेट्टाएपनि एक असिस्टका कारण रोनाल्डो भाग्यमानी ठहरिए । सिकले ५ खेलमा ५ गोल गरेपनि असिस्टमा पछि हुँदा गोल्डेन बुट दौडबाट बाहिरिएका थिए ।

रोनाल्डो युरो इतिहासमा सवार्धिक गोलकर्ता समेत बनेका छन् । उनले पाँच संस्करणको युरोकपमा २५ खेल खेल्दै १४ गोल गरेका छन् । उनीभन्दा पछि फ्रान्सका मिचेल प्लाटिनी छन् । रोनाल्डो विश्वको दुई ठुला प्रतियोगिता विश्वकप र युरोमा गरी सर्वाधिक गोल गर्नेमा पनि शीर्षमा छन् । उनले २१ गोल गरेका छन् । रोनाल्डोले युरोमा १४ तथा विश्वकपमा ७ गोल गरेका छन् ।

उनीभन्दा पछि जर्मनीका मिरोस्लाभ क्लोज छन् । क्लोजले विश्वकपमा १६ तथा युरोमा ३ गोलसहित १९ गोल गरेका छन् । रोनाल्डोले यसै युरोमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान राखेका इरानका अली दाईको १०९ गोलको कीर्तिमानलाई भेट्टाएका छन् । उनी सक्रिय फुटबलमा सर्वाधिक गोल गर्नेमा शीर्षमा छन् ।

प्रकाशित : बुधबार, असार ३०, २०७८१२:४६

लगातार ४ पटक विश्वकप जिते पनि मेस्सी म्याराडोना भन्दा उत्कृष्ट बन्न सक्दैनन्, म्याराडोनाको छायाँमै रहन्छन् !