मैले ब्यालुन डी ओर नजित्ने कुनै कारण नै देख्दिन म त: जर्जिन्हो

च्याम्पियन्स लिग र युरो कप उपाधि जितेका इटालियन मिडफिल्डर जर्जिन्हो आफूले यस पटकको ब्यालुन डी ओर नजित्ने कुनै पनि कारण देख्दैनन्। २०२१ को ब्यालुन डी ओरको लागि अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फेभरेट भएता पनि जर्जिन्होलाई पनि धेरैले उक्त अवार्डको दाबेदारको रूपमा हेरेका छन्।

चेल्सी तथा इटाली मिडफिल्डरको लागि गत सिजन निकै सफल रह्यो। क्लब स्तरमा चेल्सीलाई च्याम्पियन्स लिग विजेता बनाउनको लागि महत्वोपूर्ण भूमिका खेलेका २९ वर्षीय मिडफिल्डर युरोपियन च्याम्पियन बनेको इटालीको लागि पनि महत्वपूर्ण सदस्य थिए। इंग्ल्यान्ड विरुद्धको पेनाल्टी सुटआउटमा विजयी हुँदै च्याम्पियन्स बनेपछि जोर्जिन्होले आफू यस वर्षको सर्वश्रेष्ठ खेलाडी हुने सम्भावना रहेको महसुस गरेका छन्।

स्पोर टिभीसँग कुरा गर्दै ब्राजिलियन भूमिका स्टारले भने,”हामी सबैको सपना हुन्छन्। इमान्दारीताका साथ भन्नु पर्दा यो निर्णय आधारित मापदण्डमा निर्भर गर्छ। यदि क्षमताको कुरा गर्ने हो भने पक्कै पनि म सर्वश्रेष्ठ छैन तर उपाधिको कुरा गर्ने हो भने यो वर्ष मैले जति कसैले पनि जितेको छैन।” इटालियन स्टारले आफूलाई नेइमार, रोनाल्डो र मेस्सीसँग तुलना गर्न नसक्ने पनि बताएका छन्। “मैले आफूलाई रोनाल्डो, मेस्सी वा नेइमारसँग कसरी तुलना गर्न सक्छु। उनीहरुको छुट्टै विशेषता छ,” उनले भने।

ब्यालुन डी ओरको बारेमा कुरा गर्दा गोलको पावर र्याँकिंग अनुसार जर्जिन्होलाई पूर्व बार्सिलोना कप्तान मेस्सी(पहिलो) र बार्यन स्टार रोबर्ट लेवान्डोस्की(दोस्रो) पछि को प्रमुख दाबेदार मानिएको छ।

प्रकाशित : बुधबार, असार ३०, २०७८१७:२४

नेयमार आफ्नो उत्तराधिकारी भएको रोनाल्डिन्होको दावी, एम्बाप्पे बारे यसो भने !