आज फेरी बढ्यो सुनको मुल्य, ३० दिन यताकै महँगो!

काठमाडौँ – पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। आइतबार स्थिर रहेर दोस्रो दिन घटी तेस्रो र चौथो दिन बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५  सय रुपैंयाँले बढेको छ। जससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९३  हजार २ सय कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ९२ हजार ४ सय, सोमबार ९२ हजार २ सय, मंगलबार ९२ हजार ४ सय र  बुधबार ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा ५  सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन ९२ हजार ७  सय रुपैयाँमा कारोबार भैरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार ९१ हजार ९ सय, सोमबार ९१ हजार ७ सय, मंगलबार ९१ हजार ९ सय र बुधबार ९२ हजार २ सय  रुपैंयाँमा कारोबार भएको थियो।

आज सुन ३०  दिन यताकै महँगो

बुधबार कायम भएको सुनको मूल्य ३० दिन यताकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य असार १ गते यताकै महँगो रहेको छ। त्यसदिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य

सुनको मूल्य बढेसंगै  आज चाँदीको मूल्य पनि बढेको  छ। आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ५ ले बढेको  छ। आज चाँदी १३ सय २० रुपैंयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : बिहिबार, असार ३१, २०७८११:११

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ ५ लाख बढीले पाउने, बाँडफाँड कहिले ?