काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति प्रणालीमा परिवर्तन आवश्यक रहेको बताएका छन्।
भट्टराईले बुधबार राति एक ट्वीट गर्दै नेपालको राष्ट्रपति प्रणालीमा केहि परिवर्तन आवश्यक रहेको बताएका हुन्। नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका/स्तर निकै कमजोर/निम्न रहेको कारण परिवर्तन आवश्यक रहेको भट्टराईको भनाई छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु सबै भन्दा श्रेयस्कर हुने पनि भट्टराई बताउँछन्।
त्यस्तो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन सकिने पनि भट्टराईले बताएका छन्।
भट्टराई ट्वीट गर्दै भन्छन्,”गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है! त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?”