काठमाडौँ – धार्मिक र ज्योतिषीय दृष्टिबाट संक्रान्तिलाई विशेष रुप्प्मा हेर्ने गरिन्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेपछि त्यस दिनलाई संक्रान्तिको रुपमा मनाउने चलन छ। सूर्यले गर्ने राशि परिवर्तनकै आधारमा विक्रम संवतको नयाँ महिना शुरु पनि हुने गर्छ।
सूर्यले आउने केहि दिनमा राशि परिवर्तन गर्दैछ। हाल मिथुन राशिमा रहेको सूर्य जुलाई १६ तारिखका दिन बिहान ५ बजेर २४ मिनेट पश्चात कर्कट राशिमा प्रवेश गर्नेछ। सूर्यले राशि परिवर्तन गरेसँगै कर्कट संक्रान्ति अर्थात् साउने संक्रान्ति शुरु हुनेछ।
सूर्यले राशि परिवर्तन गर्दा सम्पूर्ण राशिमा प्रभाव पर्नेछ। सूर्यको राशि परिवर्तनले केहि राशिलाई सकारात्मक प्रभाव पार्नेछ भने केहिलाई नकारात्मक। कुन-कुन राशिलाई शुभ, कुन-कुन राशिलाई अशुभ ?
मेष राशि
सूर्यको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि धेरै राम्रो रहने देखिन्छ। उत्कृष्ट परिणामहरू मिल्नेछन्। सोचेअनुरुप सम्पूर्ण कार्य सफल रहनेछन्। आर्थिक पक्ष पनि सवल नै रहने देखिन्छ। सूर्यको राशि परिवर्तनसँगै सुख-सुविधा बढेर जानेछ। पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्ला। विद्यार्थीहरुमा पनि सूर्यको सकारात्मक प्रभाव रहनेछ। सहजै शत्रु पराजित हुनेछन्।
वृष राशि
सूर्यको राशि परिवर्तनले वृष राशि हुनेहरुको जीवनमा सफलता दिलाउनेछ। चतुर्थ सुख भावमा सूर्य हुँदा घर-जग्गा सम्बन्धि कारोबारमा सकारात्मक प्रभाव पर्नेछ। नयाँ व्यवसाय थालनी हुन सक्ने सम्भावना पनि देखिन्छ। वैदेशिक यात्राको अवसर जुर्न सक्ला। व्यावसायिक यात्रा लाभदयाक रहनेछ। परिवारको स्वास्थ्यमा भने विशेष ध्यान आवश्यक रहला।
मिथुन राशि
सूर्यको राशि परिवर्तनले मिथुन राशि हुनेहरुको पराक्रम बढाउनेछ। नसोचेका कार्य सफल हुनेछन्। प्रत्याशित परिणाम प्राप्त हुँदा मन प्रफुल्लित रहनेछ। मानसिक रुपमा रहेका सम्पूर्ण समस्या देखि छुटकारा मिल्ला। पदोन्नति तथा मान-सम्मान प्राप्त हुने योग पनि देखिन्छ। यधपी अनावश्यक विवाद हुन सक्ने हुँदा सतर्क रहनु होला।
कर्कट राशि
सूर्यको राशि परिवर्तन कर्कट राशि हुनेहरुका लागि मिश्रित रहनेछ। आर्थिक पक्ष सवल बन्नेछ। आकस्मिक धन प्राप्ति हुन सक्ला। धेरै समय देखि डुबेका धन फिर्ता हुनेछन्। नेतृत्व शक्ति एवं वाणी कुशलताका कारण कठिन भन्दा कठिन कार्य पनि सफल हुनेछन्। तर, स्वास्थ्य भने त्यति राम्रो रहने देखिँदैन। पाचन सम्बन्धि स्वास्थ्य समस्या रहन सक्ला। यात्रामा पनि सूर्य बाधक बन्न सक्ने देखिन्छ।
सिंह राशि
सिंह राशि हुनेहरुका लागि पनि सूर्यको राशि परिवर्तन मिश्रित रहने देखिन्छ। सूर्यको राशि परिवर्तन सिंह राशि हुनेहरुका लागि न त पूर्णरुपमा शुभ रहनेछ, न त पूर्ण अशुभ नै। आर्थिक रुपमा लाभ मनग्गे हातलागी भएपनि खर्च बढ्नाले समस्या पैदा गर्नेछ। परिवारमा राम्रो माहोल भएपनि प्रेम जीवनले समस्या पैदा गर्नेछ। स्वास्थ्यको हिसाबले भने सूर्यको राशि परिवर्तन राम्रै सावित हुने देखिन्छ।
कन्या राशि
सूर्यको राशि परिवर्तनसँगै कन्या राशि हुनेहरुको भाग्य चम्किनेछ, आम्दानिका विभिन्ना श्रोतहरु फेला पर्नेछन्। रोजगारको क्षेत्रमा पदोन्नती प्राप्त हुनेछ। वैदेशिक यात्राको योग बन्ने पनि देखिन्छ। प्रतिष्पर्धामा सहजै विजयी हुन सकिएला। स्वास्थ्यमा पनि सुधार हुनेछ। पराक्रम बढ्दा धेरै नै महत्वपूर्ण कार्य सफल हुनेछन्। हरेक कार्यमा परिवारको साथ र सहयोग रहनेछ।
तुला राशि
सूर्यको राशि परिवर्तनले तुला राशि हुनेहरुलाई प्रभावी र प्रतापी बनाउनेछ। सामाजिक पद प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा काम गर्ने राम्रो माहोल बन्दा आम्दानी बढ्नेछ। यात्राले पनि लाभ दिलाउन सक्ला। लामो समय देखि अड्किएका कार्य सम्पन्न होलान्। प्रेम जीवन उत्साहप्रद रहला। परिवारमा रहेका स्वास्थ्य समस्या देखि छुटकारा समेत मिल्नेछ। सम्मान दिलाउन सूर्यको भूमिका रहला।
वृश्चिक राशि
सूर्यको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुलाई विभिन्न प्रकारका लाभ दिलाउनेछ। व्यापारमा उन्नति होला। नयाँ कार्यमा लगानी गर्ने माहोल बन्नेछ। परिवारजनको मात्र नभई मित्रजनको पनि पूर्ण सहयोग रहनेछ। शत्रुलाई सहजै पराजित गर्न सकिएला। कानुनी रुपमा रहेका समस्या देखि पानि छुटकारा मिल्नेछ। त्यस्तै प्रेम जीवन पनि सोचेजस्तै रहने देखिन्छ।
धनु राशि
सूर्यको राशि परिवर्तनसँगै धनु राशि हुनेहरुको जीवनमा अनेक चुनौती थप हुँदै जानेछन्। सामान्य भन्दा सामान्य कार्य समेत समयमा सम्पन्न नहुँदा मन अशान्त रहनेछ। काम दोहोर्याउन पर्नेछ। स्वास्थ्यमा समेत समस्या देखिन सक्ने हुँदा सतर्क रहनु होला। यात्राको अवसर जुरेपनि त्यसले सोचेजस्तो लाभ भने दिलाउन सकेन देखिँदैन। बोलिमा नियन्त्रण राख्नु होला।
मकर राशि
सूर्यको राशि परिवर्तन मकर राशि हुनेहरुका लागि खासै लाभदायक रहने देखिँदैन। परिवारमा कलह बढ्नेछ भने जीवनसाथीसंगको दूरी पनि बढ्नेछ। साना-साना कुरामा रिस बढ्नेछ। आफ्नै भनिएकाहरुबाट धोका मिल्न सक्ने हुँदा सतर्क रहनु होला। आर्थिक रुपमा पनि सूर्यको नकारात्मक प्रभाव रहन सक्ला। आफ्नै व्यवहारका कारण लज्जित हुनुपर्ला।
कुम्भ राशि
सूर्य शत्रुभावमा गोचर गर्दा कुम्भ राशि हुनेहरुको जीवनमा शत्रु बढ्नेछन्। आफ्नै भनिएकाहरुबाट समेत धोका हुने देखिन्छ। आफ्ना योजनालाई सकेसम्म गोप्य राख्नु उचित हुनेछ। लामो समय देखिका योजना एकाएक असफल हुनेछन्। यधपी रोजगारको क्षेत्रमा पनि केहि प्रगति मिल्न सक्ला। पदोन्नतीको योग देखिन्छ। सरकारी क्षेत्रबाट पनि पूर्ण सहयोग मिल्न सक्ला।
मीन राशि
सूर्यको राशि परिवर्तनले मीन राशि हुनेहरुको जीवनमा अलि बढी नै नकारत्मक प्रभाव पार्नेछ। सूर्यको गोचरसँगै शत्रु हावी भएर जानेछन्। अरुको षड्यन्त्रमा नपर्नको लागि हदै सम्मको सावधानी आवश्यक पर्नेछ। बोलिका कारण बन्न लागेका काम समेत बिग्रिन सक्ने देखिन्छ। क्रोधलाई नियन्त्रणमा राख्नु होला। आर्थिक लेनदेन देखि पनि टाढा रहेकै राम्रो होला।