रामोस भन्छन् – “मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक हुन्”

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका सर्जियो रामोसले लियोनेल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएका छन्।

एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रामोसले मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी मध्ये एक रहेको बताएका हुन्। मेस्सी जस्तो खेलाडीको उपस्थितले कुनै पनि क्लब भिन्न स्तरमा पुग्ने रामोसको भनाई छ।

“मेस्सी विश्वकै सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन्।”,रामोसले अन्तर्वार्ताका क्रममा भनेका छन्,”म मेस्सी जस्तो खेलाडीलाई जहिले आफ्नो टोलीमा चाहन्छु।”

रामोसले स्म्पेनिस लालिगा क्लब रियल म्याड्रिडमा डेढ दशक भन्दा बढी समय रहेका थिए। सन् २००५ मा रियल पुगेका उनी यहि महिना मात्र पिएसजी पुगेका हुन्। रियलमा रहेर उनले कयौं उपाधि जितेका थिए।

मेस्सी र रामोस एक अर्काका पूराना प्रतिद्वन्दी हुन्। रामोस रियलमा सन् २००५ देखि छन् भने मेस्सी पनि सन् २००५ देखि बार्सिलोनामा छन्। १५ वर्ष भन्दा बढी समय यी दुईले एक अर्का विरुद्ध खेले। मेस्सी र रामोस दुवै सबै भन्दा बढी एल क्लासिकोमा देखा पर्ने खेलाडी पनि रहेका छन्। मेस्सी र रामोस अहिले सम्म ४५-४५ पटक देखा परेका छन्।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८१०:३६

मोरिबालाई लिएर बार्सिलोना र रियल बीच टसल !