काठमाडौँ – पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९३ हजार २ सय कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ९२ हजार ४ सय, सोमबार ९२ हजार २ सय, मंगलबार ९२ हजार ४ सय, बुधबार ९२ हजार ७ सय रुपैयाँ र बिहिबार ९३ हजार २ सय रुपैयामा कारोबार भएको थियो।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजाबी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार ९१ हजार ९ सय, सोमबार ९१ हजार ७ सय, मंगलबार ९१ हजार ९ सय, बुधबार ९२ हजार २ सय र बिहिबार ९२ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो।
आज सुन ३० दिन यताकै महँगो!
बिहिबार र शुक्रबार कायम भएको सुनको मूल्य ३० दिन यताकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य असार १ गते यताकै महँगो रहेको छ। त्यसदिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन आएको छैन । आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा १३ सय २० रुपैंयाँमा कारोबार भैरहेको छ ।