नेयमारले अहिले सम्मको करियरमा के-कति उपाधि जितेका छन् ? [सूची सहित]

एजेन्सी – फुटबलमा गएको १५ वर्ष देखि क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको दबदबा रह्यो। व्यक्तिगत उपाधि देखि क्लबगत उपाधि सम्ममा यी दुईले अधिपत्य जमाए। अन्य कुनै पनि खेलाडीले यी दुईलाई उछिन्न सकेनन्। मेस्सी र रोनाल्डोको छेउ-छाउ यदि कुनै पनि खेलाडी पुग्न सक्यो भने ती नेयमार हुन्।

मेस्सी र रोनाल्डोलाई स्पष्ट टक्कर दिन नसकेपनि फुटबल जगतमा मेस्सी र रोनाल्डो पछि नेयमारको नाम चल्यो। सान्तोसको युवा प्रणालीको उत्पादन नेयमारले सान्तोसको सिनियर टोलीमा सन् २००९ मा डेब्यु गरेका थिए। उक्त क्लबमा रहेर उनले लगातार ४ सिजनमा ५ उपाधि जिते। सान्तोसका लागि कुल १ सय ७७ खेल खेल्दै नेयमारले १ सय ७ गोल गरे।

सन् २०१३ मा नेयमार झनै चम्किए। फिफा कन्फेडेरेसन कपमा नेयमारले जुन स्तरको खेल प्रदर्शन गर्न सके, त्यसले उनलाई विश्वभार चिनाइदियो। नेयमारले त्यसक्रममा गोल्डेन बल समेत जितेका थिए।

फिफा कन्फेडेरेसन कप जितेपछि नेयमार बार्सिलोना पुगे। नेयमारलाई बार्सिलोनाले धेरै ठूलो खर्च गरेर क्लबमा भित्र्याएको थियो। नेयमारको ट्रान्सफरले त्यस समयमा रेकर्ड नै बनाएको थियो। बार्सिलोनामा रहँदा नेयमारले कुल ८ उपाधि जिते। ४ सिजनमा उनले ४ लालिगा र १ च्याम्पियन्स लिग सहित ८ उपाधि जितेका हुन्।

नेयमार सन् २०१७ मा बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे। अहिले पनि उनी पिएसजीमै छन्। पिएसजीमा अहिले सम्म नेयमारले ९ उपाधि जितिसकेका छन्। तर बिडम्बना उनले दोस्रो च्याम्पियन्स लिग भने जित्न सकेका छैनन्।

सान्तोसमा रहेर कुन कुन उपाधि जिते ?

League/Tournament No. of titles Years
Campeonato Paulista 3 2010, 2011, 2012
Copa do Brasil 1 2010
Copa Libertadores 1 2011
Recopa Sudamericana 1 2012

बार्सिलोनामा रहेर कुन कुन उपाधि जिते ?

League/Tournament No. of titles Years
La Liga 2 2014/15, 2015/16
Copa del Rey 3 2014/15, 2015/16, 2016/17
Supercopa de Espana 1 2013
UEFA Champions League 1 2014/15
FIFA Club World Cup 1 2015

पिएसजी रहेर कुन कुन उपाधि जिते ?

League/Tournament No. of titles Years
Ligue 1 3 2017/18, 2018/19, 2019/20
Coupe de France 3 2017/18, 2019/20, 2020/21
Coupe de la Ligue 2 2017/18, 2019/20
Trophée des Champions 2 2018, 2020

ब्राजिलका लागि कुन उपाधि जिते ?

League/Tournament No. of titles Years
FIFA Confederations Cup 1 2013

प्रकाशित : शनिबार, साउन ०२, २०७८१२:१३

रोनाल्डोले युभेन्टस नछाड्ने, युभेन्टसमै रहेर च्याम्पियन्स लिग जित्ने !