काठमाडौँ : ज्योतिषमा शुक्र ग्रहलाई धन, ऐश्वर्य र सौन्दर्यको कारक मानिन्छ। वैवाहिक जीवनमा सुख पनि शुक्र ग्रहको कारण हुन्छ। मीन राशिलाई शुक्रको उच्च राशि मानिन्छ र कन्या राशिमा शुक्रले नीच प्रभाव पार्छ। शुक्रले पर्सी साउन २ गते शनिबार आफ्नो राशि परिवर्तन गरेकोछ। शुक्र ग्रह साउन २(जुलाई १७) शनिबार सिंह राशिमा प्रवेश गरेको हो। यो राशि परिवर्तन बिहान् ९ बजेर २८ मिनेटमा भएको छ भने साउन २७ गतेसम्म शुक्र यहीँ स्थितिमा रहनेछ।
ज्योतिष अनुसार शुक्र ग्रह रुप, सौन्दर्य, सौभाग्य, विवाह, प्रेम र मिलनको कारक हो। सिर्जनात्मक चीज, अभिनय क्षेत्र, नृत्य-गायनको कारक पनि शुक्र ग्रह नै हो। शुक्र सिंह राशिमा प्रवेश गर्दैछ र यसको प्रभाव सबै राशिहरुमा पर्नेछ। ज्योतिर्विदका अनुसार कुन राशिमा शुक्रको गोचरको कस्तो प्रभाव पर्नेछ र कुन-कुन चार राशिका आर्थिक पक्ष मजबूत हुनेछ त ?
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : शुक्रको गोचर यस राशिका जातकको लागि सबैभन्दा राम्रो मानिन्छ। सन्तान पक्षको लागि यो समय अत्यन्तै शुभ रहनेछ। धनसम्बन्धी समस्या समाप्त हुनेछ। धन लाभको योग छ। नोकरी-व्यापारमा लाभको योग छ। मेष राशिका लागि यो समय अत्यन्तै लाभकारी साबित हुने देखिन्छ। गायन क्षेत्रमा सम्बन्धित मानिसहरुका विवाहको योग छ। शुक्रबारको दिन लक्ष्मी चालीसा पाठगर्दा लाभ हुनेछ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : यस राशिका जातकको जमिनसँग जोडिएका समस्या हल हुन् सक्छ। यस अवधिमा हरेक खाले कार्यमा सफलता मिल्ने योग छ। अड्डा-अदालतको मामिलामा सफलता प्राप्त हुनेछ। माताको स्वास्थ्यको ख्याल गर्नुहोला। आँखा सम्बन्धी समस्या या मधुमेहले पिरोल्ने देखिन्छ। शुक्रबारको दिन चिनी या चामल दान गर्नुहोला।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : शुक्रको गोचरले यस राशिका जातकको लागि औसत परिणाम ल्याउनेछ। धन खर्चको योग छ। लगानी गर्दा राम्रो परिणाम मिल्नेछ। भाई-बहिनीसँग तपाईको सम्बन्ध राम्रो हुनेछ। वैवाहिक जीवनमा मधुरता आउनेछ। खर्चमा नियन्त्रण गर्नुहोला। शुक्रबारको दिन माता लक्ष्मीलाई गोमती चक्र अर्पित गरे लाभ प्राप्त हुनेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : यस राशिका जातकको लागि यो समय शुभ साबित हुनेछ। वाणीमा नियन्त्रण गर्नुहोला। वाणीबाट टाढै रहनुहोला। घरायसी काममा धन-खर्च हुन् सक्छ। जग्गा-जमिनका काममा सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ। शुक्रबारको दिन सेतो चीज दान गर्नुहोला।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : शुक्रको गोचर यहीँ राशिमा हुँदै छ। यो समय तपाईको लागि केही हदसम्म राम्रो रहनेछ। यस अवधिमा तपाई आफ्नो लुक्स, कपडा या घरको सजावटमा बढी खर्च गर्नुहुन्छ। खर्च नियन्त्रण गर्नुहोला। स्वास्थ्य राम्रै रहला। तपाई एनर्जेटिक रहनुहुनेछ। प्रेम सम्बन्ध मधुर बन्नेछ। घुमफिरको लागि समय राम्रो छ। शुक्रबारको दिन माता लक्ष्मीलाई गुलाबको फुल अर्पित गरी लक्ष्मी चालिसा पाठ गर्नुहोला।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : यस राशिका जातक थोरै सावधान रहन आवश्यक छ। यस अवधिमा लगानी गर्नबाट टाढै बस्नुहोला। वाणीमा नियन्त्रण राख्न आवश्यक छ। अन्यथा वैवाहिक जीवनमा अनेक समस्या सामना गर्नुपर्नेछ। शुक्रबारको दिन माता लक्ष्मीलाई पान अर्पित गर्नुहोला।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : शुक्र तुला राशिको स्वामी हो। शुक्रको यो गोचर यस राशिका जातकको लागि राम्रो रहनेछ। लाभ प्राप्तिको योग छ। धन-सम्पत्तिबाट प्रशस्त लाभ मिल्ने सम्भावना छ। आर्थिक पक्ष मजबूत हुनेछ। घर-परिवार र पार्टनरसँग समय व्यतीत गर्ने अवसर पाउनुहुनेछ। शुक्रबारको दिन कन्यालाई शर्बत पिलाउनु लाभकारी हुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : यस राशिका जातकलाई मनग्यै लाभ प्राप्ति हुने योग छ। जग्गा-जमिन, धन-सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ। लगानी गर्दा सफलता हात लाग्नेछ। पिताको सहयोग प्राप्त हुनेछ। धन लाभको योग छ। वैवाहिक जीवन मधुर बन्नेछ। शुक्रबारको दिन माता लक्ष्मीलाई रातो या गुलाबी वस्त्र अर्पित गर्नुहोला।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : शुक्रको गोचरले यस राशिको जातकको जीवनमा धेरै बदलाव ल्याउनेछ। खर्चमा नियन्त्रण गर्नुहोला। कसैलाई रकम सापटी नदिँदा वेश हुन्छ। हरेक दिन भागदौडपूर्ण रहनेछ। लामो यात्राको सम्भावना छ। सम्बन्धमा सुधार आउनेछ। नोकर तथा सहयोगीको धेरैको विश्वास नगर्नुहोला। नियमित रुपमा लक्ष्मी-नारायणको पूजा गर्नुहोला।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : यस राशिका जातकको लागि यो समय राम्रो रहने सम्भावना छ। वादविवादबाट टाढै रहनुहोला। आर्थिक लेनदेनबाट टाढै रहनुहोला। स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला। शुक्रबारको दिन चाँदी दान गर्नुहोला। चाँदी दान गर्न सक्नुहुन्न भने चिनी या पानी दान गर्नुहोला।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : यस राशिका जातकको लागि यो समय राम्रो रहनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। बिजनेस पार्टनरबाट धन लाभको योग छ। वैवाहिक जीवनमा मधुरता आउनेछ। शुक्रबारको दिन कन्यालाई मिठाई दान गर्नुहोला।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : यस राशिका जातकको लागि यो समय राम्रै रहनेछ। यस समयावधिमा तपाईमा आत्मविश्वासको कमी आउन सक्छ। आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला। धनको अधिक खर्च हुनेछ। भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नुहोला। तुलसी पत्र, गुलाबको फूल र पहेलो चन्दन चढाउनुहोला।