रोनाल्डोले युभेन्टस नछाड्ने, युभेन्टसमै रहेर च्याम्पियन्स लिग जित्ने !

एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो युभेन्टसमै रहने भएका छन्। क्लब छाडेर अन्यत्र जाने चर्चा चलिरहेका बेला रोनाल्डो युभेन्टसमै रहने भएका हुन्।

युरोपियन च्याम्पियन्स लिगबाट पोर्चुगल बाहिरिएपछि फुर्सदिला भएका रोनाल्डो हाल छुट्टि मनाइरहेका छन्। पछिल्लो केहि समय देखि रोनाल्डोले युभेन्टस छाड्ने चर्चा चलेको थियो। उनी प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) मध्ये एक क्लबमा जाने धेरैले अनुमान लगाएका थिए।

तर, धेरैको आकलन विपरित रोनाल्डो युभेन्टसमै रहने भएको बताइन्छ। युभेन्ट्सका उपाध्यक्ष पाभेल नेदभेदका अनुसार रोनाल्डो छिट्टै नै प्रशिक्षणमा फर्किनेछन्।

आउने एक महिनामा सिरि ए शुरु हुने र त्यसको लागि रोनाल्डो प्रशिक्षणमा फर्क्दिने नेदभेदओ विश्वास छ। उनका अनुसार जुलाई २५ आसपास रोनाल्डो प्रशिक्षणमा फर्किनेछन्।

त्यस्तै रोनाल्डो क्लबमै रहने क्लब खेलकुद निर्देशक फेडेरिको चेरबुनी पनि दावी गर्छन्। उनका अनुसार रोनाल्डोले युभेन्टस छाड्ने कुनै सम्भावना छैन। रोनाल्डोले क्लब छाड्ने संकेत आफूहरुलाई नगरेको उनको भनाई छ।

युभेन्टसले रोनाल्डोलाई च्याम्पियन लिग जित्ने योजना सहित क्लबमा भित्र्याएको थियो। तर युभेन्टसको उक्त योजना अहिले सम्म सफल हुन भने सकेको छैन। आन्द्रे पिर्लोलाई प्रशिक्षकबाट बर्खास्त गरेर पूर्व प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई पुनः क्लबमा भित्र्याएको कारण च्याम्पियन्स लिगमा बलियो प्रदर्शन गर्ने क्लबले विश्वास लिएको छ। क्लबका अधिकारीहरुका अनुसार रोनाल्डो एक पटक पुनः च्याम्पियन्स लिग जित्ने प्रयासमा हुनेछन्।

प्रकाशित : शनिबार, साउन ०२, २०७८२०:२३

खेलमा राजनीतिक झेल : अब्बल भएर पनि पाउँदैनन् मौका !