प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय !

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

सिंहदरबारस्थित केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकको निर्णय अनुसार पार्टीले प्रधानमन्त्री देउबालाई विश्वासको मत दिने भएको हो। असार २७ गते सर्वोच्च अदालतले संसद पुनः स्थापना गरेपछि पहिलो पटक आज ४ बजे प्रतिनिधिसभाकाे बैठक बस्दैछ। बैठकमा प्रधानमन्त्री देउबाले विश्वासको मत पनि लिनेछन्।

देउवाले विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशसँगै प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका हुन्।

देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता समेत भैसकेको छ। कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। कार्यसूचीमा देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको बताइएको छ।

देउवाले विश्वासको मत लिने भएसँगै नेकपा एमाले माधव नेपाल पक्षको बैठक पनि बसेको छ। देउवालाई विश्वासको मत दिने अथवा नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बसेको हो।

प्रकाशित : आइतबार, साउन ०३, २०७८१४:४८

ज्योतिषलाई हेराएर नै देउबाले लिन लागेका हुन् विश्वासको मत, यसो भन्छन् देउबाका ज्योतिष !