ज्योतिषलाई हेराएर नै देउबाले लिन लागेका हुन् विश्वासको मत, यसो भन्छन् देउबाका ज्योतिष !

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशसँगै प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका हुन्।

आफ्ना ज्योतिष सुरेशचन्द्र रिजालको विशेष सल्लाहमा प्रधानमन्त्री देउबाले आज ४ बजे विश्वासको मत लिन लागेका हुन्। ज्योतिष सुरेशचन्द्र रिजालले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस हाल्दै आज ४ बजे विश्वासको मत लिँदा देउबाको कार्यकाल सफल हुने समेत दाबी गरेका छन्। देउबाको सरकार नेपाली जनताको विश्वासमा खरो उत्रिने पनि उनले बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्,”सत्तालाई शक्तिशाली बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारीमा गृहकार्य थाल्नु भएकाे छ । शक्तिकाे उपाशना गर्दै शक्तिशाली अवस्थामै रहदै देश र जनताका भावना पूरा गर्नका लागि २७ गतेबाट सुरुभएकाे गुप्त नवरात्र अन्तर्गत आज नवमी तिथि सूर्य ग्रहकाेबार आईतवार र तुला राशिमा चन्द्रमा भएकाे शुभ समय पारेर विश्वासको मत लिएर विदेशी सम्बन्ध सुदृढ पार्नकालगि आजकाे दिन विशेष कार्य शिद्धिकाे याेग परेकाे छ । नेपालीले विश्वास गरेअनुसार नै अबकाे सरकारले काम गर्ने छ।”

देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता समेत भैसकेको छ। कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित : आइतबार, साउन ०३, २०७८१५:०७

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसद एमालेमा नरहने, वरिष्ठ नेता खनालले भने विश्वासको मत दिन गरे आग्रह !