“हामीले हेर्न चाहेको मेस्सी अहिलेको हैन, डरलाग्दो लालिगा मै बस्दा हुन्छ, प्रिमियर लिगमा आउन पर्दैन”

अर्जेन्टिनी कप्तान लियोनल मेस्सी प्रिमियर लिगमा आवद्ध नभएकोमा आफूलाई कुनै प्रकारको दुख नलागेको साइमन जोर्डनले बताएका छन्। प्रिमियर लिग क्लबहरुले ग्याल्याक्टिको मानसिकता नक्कल गरेको हेर्न नचाहने उनी मेस्सी प्रिमियर लिगमा नआएकोमा दुखी छैनन्।

३४ वर्षीय स्ट्राइकर गत जुन ३० बाट बार्सिलोनासँग आफ्नो सम्झौता अन्त्य भएसंगै फ्री-एजेन्ट रहेका छन्। पछिल्लो १२ महिनामा मेस्सीको नाम प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजीसँग जोडिदै आएको थियो। अर्जेन्टिनासँग कोपा अमेरिका जितेका मेस्सी अब भने बार्सिलोनासँग पहिले भन्दा आधा पारिश्रमिकमा नयाँ सम्झौतामा हस्ताक्षर गर्न तयार भएको बताइन्छ।

नयाँ सम्झौता अनुसार मेस्सी २०२६ सम्म बार्सिलोनासँग आवद्ध रहनेछन्। तर यसको घोषणा गर्नको लागि भने क्लबले आफ्नो पारिश्रमिक बिल घटाउनु पर्ने देखिन्छ। यस्तोमा जोर्डनले मेस्सीको पारिश्रमिक निको ठूलो रहेको कारण प्रिमियर लिगमा उनको आगमनले अन्य खेलाडीलाई आफू अन्डरपेड भएको महशुस गराउने बताए।

५२ वर्षीय पूर्व क्रिस्टल प्यालेस अध्यक्षले ६ पटकका ब्यालुन डी ओर विजेता मेस्सी अहिलेको स्थितिमा दर्शकले प्रिमियर लिगमा देख्न चाहेको मेस्सी नभएको पनि बताएका छन्। “म हाम्रो लिग हार्लेम ग्लोबेट्रोटरमा परिणत भएको वा ग्याल्याटिकोस मानसिकताको नक्कल गरेको हेर्न ,” चाहन्न,” जोर्डनले टोकस्पोर्टलाई भने।

“तथ्य कुरा के हो भने यदि मेस्सी अहिलेको समयमा प्रिमियर लिगमा आए भने पनि उनी हामीले हेर्न चाहेको मेस्सी हैनन्,” उनले भने। मेस्सीको आगमनले अरु खेलाडीलाई आफू अन्डरपेड भएको महशुस पनि हुने भएकोले उनी लालिगामा बसेकोमा आफू खुसी रहेको जोर्डनले स्पष्ट पारे। उनले स्पेनिस लिगलाई डरलाग्दो पनि भनेका छन्, जहाँ लिग माथि नै औंला उठाउने सहास गर्छन्।

प्रकाशित : आइतबार, साउन ०३, २०७८१७:१३

बेल टोट्टेनह्याम स्क्वाडबाट आउट !