आज पनि निको हुनेको भन्दा कोरोना संक्रमितको संख्या बढी, २३ जनाको मृत्यु !

काठमाडौँ – आइतबार नेपालमा थप १ हजार ८०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या (पिसिआरबाट) ६ लाख ६७ हजार १०९ पुगेको छ ।

थप ६ हजार ६२८ जनाको पिसिआर परीक्षण तथा ३ हजार जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट १ हजार २२३ तथा एन्टिजेनबाट ५७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख ३२ हजार ७४ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६७ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ३३४ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ४२५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा २३४, ललितपुरमा ६४ तथा भक्तपुरमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

थप २३ सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ५५० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आइतबार, साउन ०३, २०७८१७:३१

अबको केहि समयमा प्रधानमन्त्री देउबाले विश्वासको मत लिने !