जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर आफूलाई विश्वासको मत दिनको लागि आग्रह गरेका थिए। जसपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच भएको छलफलमा देउबाले ठाकुरलाई मधेशको माग पूरा गर्ने आश्वासन समेत दिएका थिए।
उक्त छलफलपछि जसपा ठाकुर पक्ष देउबालाई विश्वासको मत दिन तयार भएको हो। प्रतिनिधिसभामा ३२ जना सांसद रहेको जसपाको उपेन्द्र यादव पक्षले भने यसअघि नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो। त्यस्तै, सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ।
अबको केहि समयमा प्रधानमन्त्री देउबाले विश्वासको मत लिने !
गत असार २८ गतेको सर्वोच्च अदालतको निर्णयपछि पुनः स्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट सम्मका लागि स्थगित भएको छ । आइतबार अपराह्न ४ बजे शुरु भएको बैठकमा निर्धारित कार्यसूचीअनुसार अध्यादेश पेस भइ शोक प्रस्ताव पारित भएको छ। जसपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको जानकारी दिए ।
अब १५ मिनेटपछि सुरु हुने बैठकमा नव नियुक्त प्रधानमन्त्री शेर बहादुर देउबाले विश्वासको मत लिने कार्यसूची रहेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)को खनाल–नेपाल समूहका केही सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने बुझिएको छ।