काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनको लागि संसद भवन पुगेका छन्। आइतबार नै भएको पहिलो बैठकमा भने ओली अनुपस्थित रहेका थिए।
१५ मिनेटको ब्रेकपछि सुरु भएको वैठकमा सहभागी हुन ओली संसद भवन पुगेका हुन्। दोस्रो बैठक सुरु हुनु पहिले उनी संसद् भवन प्रवेश गरेका हुन्। प्रतिनिधिसभा बैठकमा अबको केहि समयमा नै नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)को खनाल–नेपाल समूहले प्रधानमन्त्री देउबालाई विश्वासको मत दिनेछन्।